Skip to content

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशन सुरु

nabil bank

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवशेन आजदेखि सुरू भएको छ ।

आज बिहानै ८ बजेदेखि विशेष महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुससहितका नेता कार्यकर्ता भृकुटीमण्डपमा पुग्ने विशेष महाधिवेशन जनपरिचालन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ । यस्तै ललितपुरको कुपण्डोलबाट अर्को जुलुस झाँकीसहित भृकुटीमण्डपमा आउने बताइएको छ ।

भृकुटीमण्डपस्थित खुला चौरमा हुने कार्यक्रमको मञ्चमा ५० कुर्सी र मैदानमा छ हजारभन्दा बढी कुर्सीहरू राख्ने गरी व्यवस्थापन गरिएको बताइएको छ ।

मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसार सामग्री राखिएका छन् ।

यस्तै, विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए । महाधिवेशन प्रतिनिधि बस्नका लागि काठमाडौँको सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलमा व्यवस्थापन गरिएको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life