काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपो बेबीहरुको राज देखेर नेपाली जनता रिसाएका कारण जेनजी आन्दोलन भएको बताएका छन् ।
राजधानीको भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशनमा उक्त कुरा बताएका हुन् । उनले नेपाली जनताको माग, चाहना, आवश्यकता बु्झेको भए, देखिदिएको भए अहिलेको अवस्था नआउने बताए । उनले जेनजी आन्दोलनका क्रममा गल्ती कमजोरी गर्ने सबै कारबाहीको दायरमा ल्याउनु पर्ने बताए ।
नागरिकले भदौ २३ र २४ गते नेपाली जनताले जुन आन्दोलन भयो त्यसपछी पार्टीका नेताहरुले सुर्धका लागि सुझाव दिएको बताए । निर्वाचनमा एक दलसँग मिल्ने, सरकार अर्को दलसँग मिलेर गठन गर्ने, सरकार छोडन नचाहेको विषयमा धेरै सदस्य रुष्ट भएको उल्लेख गरे ।
उनले काँग्रेस पार्टीमा कोही दास, कोही नोकर नरहेको बताए । उनले पार्टीको सदस्यलाई हेप्न नसक्ने, तल बस्नेलाई माथीका नेताले निहुरिएर सलाम गर्नुपर्ने दाबी गरे । यो संघर्ष पार्टी कसरी चलाउने भन्ने बिषय जोडिएको बताए ।








प्रतिक्रिया दिनुहोस्