Skip to content

काँग्रेसका लागि महाधिवेशन सर्वेसर्वा हो, पार्टीलाई ठिक ठाँउमा पुर्याउन म हार्न तयार छुः गगन थापा

nabil bank

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेसको विधानले महाधिवेशनलाई सर्वेसर्वा ठानेको र महाधिवेशनले जे भन्छन् त्यसलाई मानेर अघि बढ्ने बताएका छन् ।

राजधानीको भृकुटीमण्डमा आयोजना भएको विशेष महाधिवेशनमा उनले यस्तो बताए ।

‘काँग्रेसको विधानले महाधिवेशनलाई सर्वेसर्वा ठानेको छ’ उनले भने ‘यो महाधिवेशनले पार्टीको नेता फेर्न पनि सक्छ । थापाले भोली सोमबार बन्दसत्रमा छलफल गरेर उचित निर्णय लिने बताए ।

उनले महाधिवेशन प्रतिनिधिनलाई भोली सही निर्णय गर्न समेत आग्रह गरे ।

उनले पार्टीलाई ठिक ठाँउमा पुर्याउनका लागि आफु हार्न परेपनि तयार रहेको बताए ।

महाधिवेशनमा उनले नेपाल किन भनसुनको देश भयो ? किन अविश्वासको देश भयो ? भन्ने प्रश्न गरेका छन् । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा उनले यस्तो प्रश्न उठाएका हुन् ।

थापाले अहिले यो देशमा भनसुन नभइ केही पनि काम नहुँने स्थिती सृजना भएको बताए ।

सरकारी कार्यालयमा मात्रै नभएर अस्पतालमा समेत भनसुन भएमा मात्रै आईसीयु्को बेड पाउने अवस्थामा देश पुगेको प्रति चिन्ता व्यक्त गरे ।

उनले अब देशलाई भरोसा दिन आवश्यक रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life