Skip to content

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशतले गरे नाम दर्ता

nabil bank

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

आज विशेष महाधिवेशनको उद्घाटनमा ६२ प्रतिशतले महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको छ ।

कांग्रेसमा ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।

यसअघि माग गरेको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life