काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको विशेष महाधिवेशनको दोस्रो दिन आज पनि कायमै छ ।
आज बिहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु गरिने र १० बजेपछि बन्दसत्र सुरू हुने जनाइएको छ ।
विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले आज बिहान १० बजेदेखि बन्दसत्र शुरु हुने जानकारी दिएको छ ।
पहलिो दिन २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली काँग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकाछन् ।
बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने भएको छ ।








प्रतिक्रिया दिनुहोस्