Skip to content

वाणिज्य बैंकहरुको १० वर्षे लाभांश ट्रेन्डः उच्चबाट शून्यतर्फ मोडिदै, २ वर्ष यता नगदमा जोड

nabil bank

काठमाडौं । पछिल्लो समय समग्र आर्थिक क्षेत्रमा देखिएका समस्या बैंकिङ क्षेत्रमा पनि देखिदै गएको छ । त्यसको प्रत्यक्ष परोक्ष असर बैंकले दिने लाभांशमा देखिन थालेको छ ।

कुनै समय वाणिज्य बैंकको सेयर किन्नेहरु राम्रो प्रतिफल पाउनेमा ढुक्क हुन्थे । वाणिज्य बैंकको सेयरमा ‘लाभांश युग’ नै थियो । बैंकको सेयर किने पनि राम्रो पाउने, लगानी नडुब्ने तत्कालीत तथा दीर्घकालीन लाभांश लगानी सुरक्षित हुने निश्चित थियो ।

विगत १० वर्षमा बैंकहरुले सेयरधनीलाई दिएको लाभांश हेर्दा वर्षेनी ३०, ४०, ५० देखी १०० प्रतिशतसम्म लाभांश दिने गरेका थिए । पछिल्ला ३,४ वर्षको तथ्याङक हेर्दा यो क्रम खस्कदै गएको छ ।

कोरोना महामारी पछि अर्थतन्त्रमा देखिएको समस्या, नियमक निकायले गरेको कडा नियमन लगायतका कुराले पछिल्लो ३ वर्ष यता सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये आधाभन्दा धेरै वाणिज्य बैंकले लाभांश वितरण नै गर्न सकेका छैनन् ।

आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको १० वर्षको अवधिमा नेपालका १९ वाणिज्य बैंकले सेयरधनीलाई वितरण गरेको लाभांशको तथ्यांक हेर्दा बैंकिङ क्षेत्रको वास्तविक अवस्था स्पष्ट देखिन्छ । सर्वसाधारणलाई सार्वजनिक सेयर दिएका १९ वाणिज्य लाभांश क्षमता खस्किदो अवस्थामा रहेको छ ।

यस अवधिमा केही बैंकले निरन्तर रूपमा लाभांश दिएका छन् । तर, ती बैंकहरुको पनि लाभांशको रेसियो घट्दो अवस्थामा रहेको तथ्यांकले देखाउछ । पछिल्लो केहि समय यता बैंकको नाफा घट्दो अवस्थामा छ । जसको कारण बैंकहरुले बाँड्ने लाभांश क्षमतामा पनि गिरावट आएको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली बताउँछन् ।

‘‘बैंकको नाफामा गिरावट आउनुको कारण सबैभन्दा पहिले कर्जा विस्तार सुस्त हुनु हो ’’ ज्ञवाली भन्छन्, ‘‘उद्योग, व्यापार र उपभोक्ता खर्च कमजोर हुँदा नयाँ कर्जाको माग घट्यो । कर्जा नै बैंकको प्रमुख आम्दानी स्रोत हो ।’’ यो घट्दा बैंकको नाफा घट्यो’ नाफा घटेकै कारण बैंकको लाभांश पनि घटेको उनको बुझाई छ ।

‘‘विगतमा बैंकहरुले विभिन्न सिर्षकमा सेवा शुल्क लिन पाउने व्यवस्था रहेको थियो ’’ ज्ञवाली भन्छन्, ‘‘अहिले राष्ट्र बैंकले अधिकांश सेवा शुल्कहरु कटौति गरेको छ । लागतभन्दा बढि असुल गर्न नपाउँने व्यवस्था गरेको छ । तर, यता बैंकहरुको लागत भने बढ्दो अवस्थामा रहेको छ । यसले पनि बैंकको नाफा प्रभावित भएर लाभांश घट्न पसुगेको हो ।’’

‘‘पछिल्लो केहि वर्ष यता बैंकिङ क्षेत्रहरु डिजिटल मैत्री भए’’ सीईओ ज्ञवाली भन्छन् ‘‘डिजिटल प्रक्रियामा जाँदा बैंकहरुले सञ्चालन शुल्क आर्जन गर्न सकेनन् । जसले बैंकको नाफालाई प्रभावित बनायो । यसको असर लाभांशमा देखिएको छ ।’’

यता राष्ट्र बैंकका केही नियामकीय व्यवस्थाहरुका कारण पनि बैंकको लाभांश क्षमता घटेको अन्य बैंकरहरुको भनाइ छ । पुँजी पर्याप्तता अनुपात, कर्जा–निक्षेप अनुपात र जोखिम व्यवस्थापन सम्बन्धी कडाइले बैंकहरूका लाभांश क्षमतामा ह्रास आएको बैंकरहरुको भनाइ छ ।

केही वर्षयता बैंकको खराब कर्जा (एनपीएल) पनि बढ्दो क्रममा छ । उद्योगी–व्यवसायीले लिएको कर्जा समयमा नतिर्दा खराब कर्जा अनुपात बढेको छ । ‘‘एनपीएल बढेपछि बैंकले त्यसको जोखिम व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्नुपर्छ, जसले नाफा घटाउँछ’’ पूर्व बैंक भुवन दहाल भन्छन् ।

‘‘कर्जा निक्षेप अनुपात (इन्ट्रेस इस्प्रेड) १० अगाडी बैंकहरुले ५ प्रतिशतभन्दा बढि कायम गर्न पाउँने व्यवस्था रहेको थियो । अहिले घटेको छ’’ दहाल भन्छन्, ‘‘यसले बैंकहरुको आम्दानी कम भयो । आम्दानी कमहुँदा नाफा घट्यो र लाभांश क्षमता पनि घट्यो’’

१० वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंकका नबिल बैंक रहेको देखिन्छ । १० वर्षमा यस बैंकले औसत २७.७७ प्रतिशत लाभांश वितरण गरेको छ । यसैगरी, सबैभन्दा धेरै लाभांश वितरण गर्ने अर्को बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकले औसत २८.५२ प्रतिशत लाभांश वितरण गरेको छ ।

यसैगरी, १० वर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने तेस्रो बैंकमा एभरेष्ट बैंक परेको छ । यस बैंकले १० वर्षमा औसत २५.१ प्रतिशत लाभांश बाँडेको छ ।

विगत तीन वर्ष देखी लाभांश बाँड्न नसकेको हिमालयनन बैंकले पनि ७ वर्षमा औसत २२.९६ प्रतिशत लाभांश वितरण गरेको छ । १० वर्षमा ‘रेगुलर’ लाभांश वितरण गर्ने बैंकहरुमा सानिमा, एनएमबी, सिद्धार्थ, सिटिजन्स, ग्लोबल आइएमई, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र नबिल बैंक रहेका छन् ।

एनआईसी एसिया बैंकले १० वर्षमा ४ वर्ष लाभांश नै वितरण गर्न सकेको छैन । यस बैंकले ६ वर्षमा औसत १३.०५ प्रतिशत लाभांश बाँडेको छ । यसैगरी, माछापुच्छ्रे बैंकले १० वर्षमा २ वर्ष लाभांश वितरण गर्न सकेको छैन । यस बैंकले ८ वर्षमा औसत १२.१३ प्रतिशत लाभांश वितरण गरेको छ ।

यसैगरी, प्राइम कमर्सियल बैंकले पनि १० वर्षको अवधिमा एक वर्ष लगानीकर्ताको हाल खाली बनाएको छ । यस बैंकले ९ वर्षमा बोनस र नगद गरेर औसत १३.१४ प्रतिशत लाभांश वितरण गरेको छ ।

सरकारी स्वामीत्व भएको कृषि विकास बैंकले आर्थिक वर्ष २०७९÷८० मा लाभांश वितरण गर्न सकेन । यस बैंकले ९ आर्थिक वर्षहरुमा औसत १६.६५ प्रतशित लाभांश बाँडेको बैंकको तथ्यांकले देखाउँछ ।

सरकारी स्वामीत्वमा रहेको अर्को बैंक नेपाल बैंकले १० आर्थिक वर्षमा चार आर्थिक वर्षमात्र लाभांश वितरण गरेको छ । यस बैंकले चार आर्थिक वर्षमा औसत ७ प्रतिशतमात्र लाभांश दिएको छ ।

यसैगरी, प्रभु बैंकले पनि १० आर्थिक वर्षमा चार आर्थिक वर्ष लगानीर्काको हाल खाली बनाएको बैंकको तथ्यांकले देखाउँछन् । यस बैंकले ६ आर्थिक वर्षमा औसत ११.२८ प्रतिशत लाभांश वितरण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विगत तीन वर्षबाट लाभांश बाँड्न सकेको छैन् । यस बैंकले ७ वर्षमा औसत २६.५ प्रतिशत लाभांश बाँडेको छ । यता कुमारी बैंकले १० वर्षको अवधिमा तीन वर्ष लाभांश घोषणा नै गर्न सकेको छैन् । यस बैंकले ७ आर्थिक वर्षमा १२.५६ प्रतिशत लाभांश वितरण गरेको छ ।

विगत दुई वर्ष यता वाणिज्य बैंकले बोनस सेयरभन्दा नगद लाभांशलाई विषेस प्राथमितामा राखेको देखिन्छ । नबिल बैंकले तीन वर्ष यता आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गरिरहेको छ ।

३ वर्ष यता स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि नगद लाभांश वितरणलाई प्राथकिमतामा राखेको बैंकको तथ्यांकले देखाउँछन् ।

बैंकको १० वर्षे लाभांश तथ्यांक

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life