काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
त्यसका लागि आज निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार राति ९ बजेदेखि मतदान हुनेछ ।
कार्यतालिकामा साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गर्ने, साढे १ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध कायम रहने, ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र राति पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ ।









प्रतिक्रिया दिनुहोस्