विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ। समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।
यससँगै मनोनयन दर्ताका लागि शुल्क पनि तोकिएको समितिका संयोजक सीताराम केसीले बताए। उनका अनुसार, सभापति पदमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्