Skip to content

कांग्रेस सभापति र उपसभापतिको मनोनयन दर्ता गर्न कति शुल्क तिर्नु पर्छ ? 

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिको उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ।

विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ। समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।

यससँगै मनोनयन दर्ताका लागि शुल्क पनि तोकिएको समितिका संयोजक सीताराम केसीले बताए। उनका अनुसार, सभापति पदमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ तोकिएको छ। 

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार  र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T