काठमाडौं । कांग्रेसको देउवा पक्षले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि गगन थापाले आफूले विकसित राजनीतिक घटनाक्रमबारे र विशेष महाधिवेशनबारे बुझाउन खोजेको तर नसकेको बताएका छन् ।
उनले आफुले आज बिहान सभापति शेरबहादुर देउवासँग छलफल गरेको र विशेष महाधिवेशनबारे बुझाउन खोजेको तर नसकेको बताएका हुन् ।
संस्थापन पक्षले कारबाही गरे लगत्तै भृकुटीमण्डपस्थिति विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले
उनले पार्टीलाई एकढिक्का राख्न विभिन्न प्रयास गरेपनि त्यो सफल नभएको बताए ।
‘२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरिएको हो । म यहाँ पाहुना भएर आइसकेपछि र महामन्त्रीको हैसियतले पहल गर्नुपर्ने जति गर्नु स्वाभाविक हो’, थापाले भने ।








प्रतिक्रिया दिनुहोस्