काठमाडौं । गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भएको दाबी गरेका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उनले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको समयमा शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको उनको दाबी छ । ‘अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उनले भने, ‘सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’








प्रतिक्रिया दिनुहोस्