Skip to content

राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरे।

उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पु¥याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । विसं २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उनको विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचत थिए ।

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ । राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ । त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक दुई वर्षमा सकिन्छ ।

हाल राष्ट्रियसभामा नेपाली कम्युनिष्ट (नेकपा) को २५, नेपाली कांग्रेस १६, नेपाल कम्युनिष्ट (एमाले) नौ, जनता समाजवादी पार्टी (जसपा) तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, राष्ट्रिय जनमोर्चाको एक र मनोनीत तीन सदस्य हुनुहुन्छ । यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi