काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ६ गतेमात्र राजीनामा दिने भएका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका बालेनले माघ ६ गते प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुअघि आज राजीनामा दिने कुरा थियो ।
उनले आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारी रहेको जनाइएको थियो । तर बालेनले पदबाट राजीनामा ६ नै दिने तयारी भएको श्रोतले बतायो ।
रास्वपाले आजको बैठकबाट उम्मेदवारको टुंगो लगाउँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ । जनकपुरबाट बालेन झापा जाने तयारी रहेको श्रोतले बतायो ।
झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीपछि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्