Skip to content

निर्वाचन आयोगद्धारा समानुपातिकको बन्दसूचि सार्वजनिक

nabil bank

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगका अनुसार ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका कुल तीन हजार २१३ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश छ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ अनुसार सूची सार्वजनिक गरिएको हो।

बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतामाथि दाबी–विरोध गर्न चाहने मतदाताले माघ ५ देखि माघ १० गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सक्ने आयोगले जनाएको छ।सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi