Skip to content
Prabhu

बैंकिङ समूह माघ यताकै उच्च, दुई सातामै साढे १७ प्रतिशतको वृद्धि

 

काठमाडौं । पछिल्ला दुई सातामा सेयर बजारमा बैंकिङ समूहको परिसूचक ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो दुई साताको अवधिमा बैंकिङ समूहको परिसूचक साढे १७ प्रतिशतले बढेको हो ।

वैशाख २६ गते १०१४ विन्दुमा रहेको परिसूचक जेठ ९ गते बुधबारको कारबोबार बन्द हुँदा १७.५ प्रतिशतले बढेर ११९२ दशमलव ७३ विन्दुमा पुगेको छ । यो माघ ४ गते यताकै उच्च अंक हो । समग्र परिसूचकमा नै प्रभाव पार्ने बैंकिङ समूहमा आएको वृद्धिको प्रभाव समग्र बजारमा समेत देखिएको छ । दुइ सातामा बैंकिङ समूहकै कारण सेयर बजार पनि ८.३९ प्रतिशतले वृद्धि भएको छ ।

बुधबार भएको कुल कारोबारमा बैंकिङ समूहको हिस्सा सबैभन्दा धेरै छ । कुल ५ अर्ब ६८ करोडको कारोबार भएकोमा बैंकिङ समूहको १ अर्ब ७ करोडको कारोबार भएको छ । बैंकिङ समूहको कारोबार रकम विगत साढे ९ महिनायताकै उच्च हो । यसअघि २०८० साउन २१ गते बैंकिङ समूहमा १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal