Skip to content

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा १० जनाको नाम ‘सर्टलिस्ट’

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) मा महाप्रबन्धक पदको खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अन्तर्गत १० जनाको नाम ‘सर्टलिस्ट’ मा परेको छ।

कुल १६ जनाको आवेदन परेकोमा नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट कार्यविधि २०८२ बमोजिम रीतपूर्वक आवेदन दिने १० जनाको नाम सर्टलिस्टमा परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो सूचीमा निगममै कार्यरत वरिष्ठ पाइलट दिपु ज्वार्चन र टंकनिधि दाहाल पनि छन्। यसैगरी, उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, बेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत पनि सर्टलिस्टमा परेका छन्।

सर्टलिस्टमा परेका आकांक्षीले १४ र १५ माघमा कार्ययोजना प्रस्तुति दिने तालिका तोकिएको छ। यसबाट तीन जनाको नाम छनोट समितिले महाप्रबन्धक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima