Skip to content

लेखापरीक्षणअघि र पछि बैंकको नाफामा अन्तरः ७१ अर्ब ३४ करोडबाट ५६ अर्ब ६८ करोडमा सीमित, साढे १४ अर्ब कहाँ गयो ?

nabil bank

काठमाडौं । वाणिज्य बैंकहरुको लेखापरीक्षणअघि र पछिको नाफामा ठूलो अन्तर देखिएको छ ।

बैंकहरुले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार कर्जा नोक्सानी व्यवस्था नगर्दा वाणिज्य बैंकहरुको लेखापरिक्षण अघि र पछिको नाफामा ठुलो अन्तर देखिएको हो ।

२० मध्ये १९ वटाले गत आर्थिक वर्षको लेखापरीक्षणपछिको वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंकले विवरण सार्वजनिक गरेको छैन । १९ वटा बैंकमा सानिमा र नेपाल एसबिआई बैंक बाहेक सबैको नाफा घटेको छ ।

१९ वटा बैंकको नाफा औषतमा २०.५५ प्रतिशतले घटेको छ । १९ बैंकको नाफा लेखापरीक्षणअघि ७१ अर्ब ३४ करोड ९२ लाख ४५ हजार रुपैयाँ रहेको थियो । लेखापरीक्षणपछि १४ अर्ब ६५ करोड ९६ लाख ७८ हजार रुपैयाँ अर्थात २०.५५ प्रतिशतले घटेर ५६ अर्ब ६८ करोड ९५ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार बैंकहरुले गत आवको असार मसान्तको वित्तीय विवरण सार्वजनिक गर्दा कर्जा नोक्सानी व्यवस्थाका लागि लागि छुट्याउनु पर्ने रकम कम छुट्याएको कारण नाफामा कमी आएको बताइन्छ ।

यसरी नाफा घट्दा बैंकिङ क्षेत्रको संस्थागत सुशासन, पारदर्शीता, लगानीकर्तालाई कसरी भ्रममा पार्छन भन्ने विषयलाई उजागर हुने बताइन्छ । अपरिस्कृत वित्तीय विवरण अनुमानको आधारमा बनाउने आशंका पनि बढ्दो छ ।

लेखापरीक्षणअघिका अपरिस्कृत वित्तीय अवस्था नेपाल राष्ट्र बैंकले स्वीकृत गर्दैन । लेखापरीक्षण गरेको विवरण भने स्वीकृत गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय विवरण बाह्य लेखापरीक्षण गराएर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्छ र वार्षिक साधारणसभा गर्नुपर्छ ।

एनआईसी एशिया बाहेक लेखापरीक्षण गरेका बैंकमा लेखापरीक्षण पछि सानिमा बैंकको नाफा ०.०५ प्रतिशतले बढेको छ । यस्तै नेपाल एसबिआई बैंकको नाफा ०.४६ प्रतिशतले बढेको छ ।

बैंकहरुले प्रकाशन गरेको वित्तीय अवस्था अनुसार लेखापरीक्षण अघि भन्दा लेखापरीक्षणपछि नबिल बैंकको नाफा १६.९१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३५.८८ प्रतिशत, ग्लोबल आइएमई बैंकको १८.१९ प्रतिशत, प्रभु बैंकको ८३.९७ प्रतिशत, एभरेष्ट बैंकको १.५९ प्रतिशतले नाफा घटेको छ ।

यस्तै कृषि विकास बैंकको १०.१६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १.३३ प्रतिशत, प्राइम बैंकको २०.४७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २५.७० प्रतिशत, नेपाल बैंकको १८.४२ प्रतिशत, सिद्धार्थ बैंकको ०.८५ प्रतिशत, एनएमबि बैंकको १३.०२ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ०.५५ प्रतिशत, कुमारी बैंकको १४.०२ प्रतिशत,माछापुच्छ्रे बैंकको ६.३५ प्रतिशत, हिमालयन बैंकको ९१.४२ प्रतिशत, सिटिजन्स बैंकको ०.४८ प्रतिशतले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life