काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई मान्यता दिएको निर्वाचन आयोगको निर्णय विरुद्ध दायर गरेको मुद्दा न्यायधीश सुनिल पोखरेलको इजलाशमा परेको छ ।
विशेष महाधिवेशनबाट कांग्रेसमा गगन थापा सभापतिमा चयन भएका छन् । जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आयोगको निर्णय विरुद्ध कांग्रेस देउवा पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतका अनुसार मुद्दा पोखरेलको इजलाशमा परेको छ ।
कांग्रेसमा देउवा निर्वाचन नलड्ने भएका छन् । खड्काले पनि आधिकारिकताको लागि मुद्दा लडेको भन्दै निर्वाचन लड्ने बताएका थिए । देउवा पक्षका अन्य नेता भने गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर निर्वाचन उम्मेदवारी दर्ता गर्न गइसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्