Skip to content

देउवा पक्षको रिटमा आज पेशी, पोखरेलको इजलासमा सुनुवाई हुँदै

nabil bank

 

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षद्वारा सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

उक्त रिट न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा परेको छ ।

आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि निर्णयविरुद्ध देउवा समूह आइतबार अदालत पुगेको थियो ।

रिटमा पार्टीको विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको भन्दै विशेष महाधिवेशन अवैधानिक कायम गर्न माग गरिएको छ । रिटमा गगन थापा नेतृत्वको केन्द्रीय समिति अवैधानिक घोषणा गर्न परामादेश माग गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life