Skip to content

दमकका मेयरको ओलीसँग गुनासो: ‘जसले मेरो घर जलाए, उनीहरूले नै बालेनलाई घर भाडामा दिएका छन्’

काठमाडौं । दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष आफ्नो घर जलाइएको घटनाबारे गुनासो गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा पुगेका ओलीलाई थापाले आज भदौ २४ गते जलेको आफ्नै निवासस्थलमा लगेर घटनाबारे जानकारी गराएका हुन्।

जलेको घर देखाउँदै मेयर थापाले भने, ‘जसले मेरो घर जलाए, उही व्यक्तिहरूले अहिले बालेनलाई कार्यालय राख्न आफ्नै घर भाडामा दिएका छन्।’

थापाको गुनासो सुन्दै एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भने, ‘यिनीहरू सबै एउटै खालका हुन्।’

उल्लेखनीय छ, झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका बालेन हाल दमक पुगेका छन्। निर्वाचन प्रचारप्रसारका लागि उनले दमकमा एक घर भाडामा लिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T