Skip to content

शेरबहादुर देउवाले आफुलाई सभापति बनाउन माग गरेको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । शेरबहादुर देउवाले आफुलाई सभापति बनाउन र गगन थापालाई नदिने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

दोस्रो महाधिवेशनबाट सभापति भएका गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै थापालाई कांग्रेसको सभापतिका रुपमा काम गर्न बाटो खुलेको छ ।
अहिलेसम्म थापा पार्टी कार्यालय प्रवेश गरेका थिएनन् ।

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेबरहादुर देउवाले माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ।

अन्तरिम आदेश दिने वा नदिने भन्ने छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima