Skip to content

एमालेद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता, ५४.५४ प्रतिशत नयाँ अनुहार

nabil bank

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

उनका अनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४.५४ प्रतिशत नयाँ छन् । तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०-५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ छन् ।

यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए ।

यस्तै, बागमती ६०.६० र गण्डकीमा ६१.११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life