काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उद्योग, व्यवसाय पृष्ठभूमिका उम्मेदवारहरूको सहभागिता निकै देखिएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न दलबाट उद्योगपति, निर्माण व्यवसायी, पर्यटन व्यवसायी, म्यानपावर व्यवसायी, बैंकिङ, ऊर्जा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपालका डलर अर्बपति, चौधरी समूहका अध्यक्ष विनोद चौधरी नवलपरासी–१ बाट उम्मेदवार बनेका छन् । उनी २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । निर्माण व्यवसायी तथा कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्य रसुवाबाट उम्मेदवार बनेका छन् ।
ऊर्जा तथा मेडिकल व्यवसायी डा. सुनिलकुमार शर्मा मोरङ–३ बाट उम्मेदवार बनेका छन् भने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्माले रुपन्देही-२ बाट उम्मेदवारी दिएका छन् । विरगञ्जका व्यवसायी अनिलकुमार रुंगटाले पर्सा–१ बाट उम्मेदवारी दिएका छन् ।
यसैगरी, व्यवसायी राजेन्द्र घिमिरे झापा–३, व्यवसायी विजयबहादुर स्वाँर कैलाली–२ बाट उम्मेदवार छन् । कांग्रेस नेता तथा व्यवसायी कर्णबहादुर बुढा डोल्पाबाट उम्मेदवार बनेका छन् । टानका पूर्वअध्यक्ष रमेशप्रसाद धमला धादिङ–२ र पर्यटन व्यवसायी कृष्ण रिजाल धादिङ–१ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल स्याङ्जा–१, व्यवसायी प्रेमकुमार खत्री गोरखा–१, व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बु र व्यवसायी योगेश गौचन मुस्ताङबाट उम्मेदवार बनेका छन् ।
वैदेशिक रोजगार व्यवसायी लालप्रसाद साँवा लिम्बू झापा-४, वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट कास्की–१, वैदेशिक रोजगार व्यवसायी किरणकिशोर घिमिरे दाङ-२, व्यवसायी केशव पाण्डे झापा–१, व्यवसायी भुवन श्रेष्ठ गुल्मी–२, उद्योगी भगीरथ सापकोटा नवलपुर-१ लगायत उम्मेदवार रहेका छन् ।
यता लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु–३ बाट उम्मेदवार बनेका छन् । उद्योगपति दिलीप अग्रवाल मोरङ–२ र व्यवसायी मनोज अग्रवाल मोरङ–५ बाट चुनावी मैदानमा छन् ।
मनाङका पोल्देन छोपाङ गुरुङ पनि व्यवसायी उम्मेदवार नै हुन । दुग्ध व्यवसायी रामचन्द्र उप्रेती झापा–१, र व्यवसायी कृष्णकुमार श्रेष्ठ बारा–४ बाट उम्मेदवार बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित भक्तपुर–१ बाट उम्मेदवार छन् । यता जनमत पार्टीबाट डा.वीरेन्द्रप्रसाद महतो व्यवसायी हुन । उनी सिराहा–४ बाट उम्मेदवार हुन् । उर्जा उधमी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का कार्यसमिति सदस्य भरत पराजुली सिन्धुपाल्चोक–१ बाट उम्मेदार छन् ।








प्रतिक्रिया दिनुहोस्