Skip to content

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक ‘क्यासब्याक’

काठमाडौं । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरण सफल भएपछि ग्राहकलाई पुनः समय थप गरी सञ्चालन गरेको छ।

योजनाअन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउने भएका हुन्।

यो योजना २०८३ असारसम्म लागू हुने बैंकले जनाएको छ। बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima