काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबाट उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा–२ मा उम्मेदवारी दिएका भट्टराईले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका छन् । उनले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् ।
गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा बाबुराम भट्टराई, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन् ।








प्रतिक्रिया दिनुहोस्