काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।
चौधरीले कैलाली–१ बाट उनले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सर्वोच्च अदालतमा रिट परेको छ ।
चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।








प्रतिक्रिया दिनुहोस्