Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशत बढ्यो 

nabil bank
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा यस बैंकले ३० करोड २५ लाख ९७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस बैंकको नाफा गत आर्थिक वर्षको सोही  अवधिको तुलनामा ५३.९५ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १९ करोड ६५ लाख ६१ हजार नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेको छ । जसको कारण बैंकको इम्पेरमेन्ट चार्ज घटेको छ । यसले बैंकको नाफा बढ्न टेवा पुगेको हो ।
पुस मसान्तसम्म आउँदा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस बैंकको यस्तो आम्दानी ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, यस बैंकको खुद फी तथा कमिशन आम्दानी ११.२९ प्रतिशत बढेर १२ करोड ५३ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी १० करोड ७८ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ७२ लाख र सञ्चालन मुनाफा ५९.३३ प्रतिशत बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज २० करोड ८५ लाख रुपैयाँबाट घटेर १७ करोड ६८ लाख रुपैयाँमा झरेको छ। जसको कारण बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ।
 बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।
पुस मसान्तसम्म ३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
यस अवधिसम्म आउँदा बैंकको बेसरेट ६.१७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा चालु आर्थिक वर्षको ६ महिनासम्म ६.८९ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi