काठमाडौं । सहकारी बिटमा कलम चलाउने सञ्चारकर्मीहरुको संस्था नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा नयाँ कार्यसमिति चयन भएको छ ।
आज सम्पन्न सीजेएनको १५ औं वार्षिक साधारण सभाले अर्जुन खतिवडाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित संस्थाको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव खड्का, सह–सचिवमा हिरा बस्नेत र कोषाध्यक्षमा प्रविण राउन चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा ईश्वर ढुङ्गेल र श्रीराम दाहाल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष खतिवडा यस अघिको कार्यसमितिमा उपाध्यक्ष, उपाध्यक्ष दुलाल सदस्य र सचिव खड्का कोषाध्यक्षको जिम्मेवारीमा थिए ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बिष्णु गिरीले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।








प्रतिक्रिया दिनुहोस्