Skip to content

सेयर बजारमा देखियो चुनावकाे सकारात्मक प्रभावः ५७.६६ अंकले बढ्यो, पौने १४ अर्बको कारोबार

nabil bank

काठमाडौं । चुनाव माहोलको कारण सेयर बजार सकारात्मक देखिएको छ । प्रतिनिधि सवा निर्वाचनको माहोलसँगै साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उल्लेखनीय रूपमा बढेको हो।

आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.५५ अंकले वृद्धि भई २७७२.१७ अंकमा पुगेको छ। सेयर बजारसँगै आज कारोबार रकम पनि बढेको छ ।

आइतबार सेयर बजारसँगै कारोबार रकम पनि बढेको छ। आज १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ । गत सातको अन्तिम काराबोर दिन बिहीबार ९ अर्ब ७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक आज उच्च ३.३५ प्रतिशत बढेको छ। आज जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

आज कारोबारमा आएको ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life