Skip to content

महासंघले दोस्रो युवा तथा प्रविधि सम्मेलन गर्ने, यस्तो छ उद्देश्य

nabil bank

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दोस्रो युवा तथा प्रविधि सम्मेलन २०८२ आयोजना गर्ने भएको छ ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग तथा राष्ट्रिय सहकारी महासंघद्धारा आयोजना हुन लागेको सम्मेलन माघ १३ र १४ गते हुने भएको छ ।

“प्रविधि–मैत्री उद्यममा युवाको नेतृत्व” भन्ने नाराका साथ सम्मेलन गर्न लागेका महासंघले जनाएको छ । यो कार्यक्रमले प्रविधि–मैत्री उद्यमशीलतामा युवाको भूमिका र सम्भावनाको पहिचान र प्रवद्र्धन गर्नु रहेको छ । साथै यो कार्यक्रमले नवप्रवर्तन, प्रविधि र उद्यमशीलताको प्रवद्र्धनमार्फत रोजगरी र व्यवसायिक अवसरहरु पहिचान गर्ने, सहकार्य, साझेदारी र समन्वयका लागि प्रविधि तथा सेवा प्रदायकविच सञ्जालीकरण गर्ने, युवा तथा प्रविधि मैत्री सहकारी अभियान निर्माणका लागि नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि सुझाव तयार पार्ने योजना रहेको महासंघले जनाएको छ ।

युवामैत्री प्रविधिको सहज पँहुच, गुणस्तरीय सीप शिक्षाको अवसर र नीति निर्माणमा युवा प्रति संवेदनशील दृष्टिकोणको अभावका कारण धेरै युवा आज पनि रोजगार र अवसरको खोजिमा विदेशिन बाध्य भएका छन् । सहकारी मार्फत प्रविधिमैत्री उद्यम विकास गर्न सर्षशशिल रहदै आएको अवस्थामा सरकार, सहकारी र निजी क्षेत्रबीचको समन्वयलाई अझ आवश्यक बनाउनले महासंघले जनाएको छ ।

प्रविधि मैत्री उद्यममा युवाको नेतृत्व भन्ने थिममा केन्द्रित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन युवा पुस्ताको दृष्टिकोण, आवश्यकताहरू र सम्भावनाहरूलाई आत्मसात गर्ने साझा मञ्चका रुपमा स्थापित हुने महासंघले जनाएको छ । सम्मेलन मार्फत युवाको क्षमता परिचालन, सहकारी सहकारी र सहकारी उद्यममा प्रविधिको प्रयोग, रोजगारी र स्वरोजगार सिर्जना र दिगो आर्थिक सशक्तिकरणका विषयमा मार्ग प्रशस्त गर्ने जनाइएको छ ।

सम्मेलनले नेपालमा तीव्र रुपमा बढ्दै गएको जेन जेड पुस्ताको प्रविधि मैत्री सोच र उद्यमशिल आकांक्षालाई सम्बोधन गर्ने जनाइएको छ ।

सहकारी माध्यम मार्फत प्रविधि बनव्रवर्तन, सीप विकास, सुशासन प्रर्बद्दन र आर्थिक समावेशिता सुनिश्चित गर्नका लागि यो कार्यक्रम नीति निर्माण र व्यवहारिक कार्यान्वयबीचको सेतुका रुपमा कार्य गर्ने विश्वास लिएको महासंघले जनाएको छ ।

यो कार्यक्रमले सहकारीमा युवा आकर्षण र नेतृत्व विकास, सहकारी उद्यमशिलता र व्यवसायलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन, सहकारी र प्रविधिको तालमेलमा सहजीकरण, सरकार, नीजि क्षेत्र र सहकारीविच सहकार्यको सम्भावना विस्तार,नीतिगत र कानूनी वातावरण सुधारका लागि सुझाव प्रदान र नविन प्रविधिको आदान प्रदानमा सहज हुने महासंघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life