Skip to content

स्वास्थ्य बीमामा दुरुपयोग बढ्दो, कडाइ गर्ने स्वास्थ्यमन्त्री गौतमको दाबी

nabil bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको व्यापक दुरुपयोग भइरहेको बताएकी छन्। दुरुपयोग नियन्त्रण गर्न बीमा कार्यक्रमलाई दिगो, पारदर्शी र व्यवस्थित बनाउने उनकाे दावी छ ।

२०८२ कात्तिक १० गते पदबहाली गरेकी मन्त्री डा. गौतमले आफ्नो तीन महिनाको कार्यकालमा भएका कार्यप्रगति सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन्। उनले स्वास्थ्य क्षेत्रमा देखिएका संरचनागत समस्या समाधान गर्न नीतिगत तथा व्यवहारिक सुधारहरू अघि बढाइएको जानकारी दिइन्।

उनले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरणसम्बन्धी कार्यविधि निर्माण गरी हालसम्म १८९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको जानकारी दिइन्। साथै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र शहीद परिवारलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउन आवश्यक स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको उल्लेख गरिन्।

मन्त्री गौतमले स्वास्थ्य बीमा ऐन, स्वास्थ्य सेवा ऐन, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ऐन तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनलाई अध्यादेशमार्फत संशोधन गर्न प्रक्रिया अघि बढाइएको पनि जानकारी दिइन्।

त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा लामो समयदेखि रिक्त रहेका सदस्यहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको, मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर देखिएका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गरिएको कार्यप्रगतिमा उल्लेख छ।

आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा अघि बढाइने मन्त्री गौतमले प्रतिबद्धता व्यक्त गरिन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life