Skip to content

बैंकिङ क्षेत्रविरुद्ध अफवाह फैलाउनेमाथि सिआईबीको अनुसन्धान

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रविरुद्ध अफवाह फैलाएर सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने व्यक्तिहरूको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान गर्ने भएको छ।

सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल प्लेटफर्ममार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत अभिव्यक्ति दिएको आरोपमा नागरिक बचाउ महा–अभियान नेपालका देवी प्रसाद सङ्ग्रौलामाथि अनुसन्धान अगाडी बढाइएको सिआईबीले जानकारी दिएको छ ।

सङ्ग्रौलाले सामाजिक सञ्जालमा बैंकका कर्मचारीमाथि कुटपिट गर्नुपर्ने, भण्डार खालजस्ता घटना मच्चाउनुपर्ने भन्ने आशयका अभिव्यक्ति दिएका छन् । उक्त विषयमा सिआईबीले सङ्ग्रौलालाई उपस्थित गराई प्रारम्भिक सोधपुछ गरेको थियो। सो क्रममा उनले कानुनी राज्यमा कानुनको उल्लङ्घन गर्दै बैंकविरुद्ध बोलेको स्वीकार गरेका छन् ।

उनले आगामी दिनमा कानुनको पालना गर्दै सच्चिएर बोल्ने, समाज र राज्यलाई असर पर्ने कुनै पनि अभिव्यक्ति नदिने तथा एक पटकका लागि नेपाल सरकारसँग क्षमायाचना गर्ने भनी लिखित प्रतिबद्धता जनाएका छन्।

यसैगरी, सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीत अभिव्यक्ति दिने तथा श्रव्य–दृश्य सामग्री प्रसारण गर्ने गतिविधिमाथि पनि निरन्तर निगरानी भइरहेको सिआईबीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T