Skip to content

सानिमा बैंकका सीईओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडाैं ।  सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको मिति २०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। सोही निर्णयबमोजिम उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

आचार्यले विगत २१ वर्षदेखि सानिमा बैंकमा निरन्तर सेवा गर्दै बैंकको विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एमएनआईटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। यसका साथै, उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए।

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु अघि आचार्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। सानिमा बैंकमा लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन्।

उनको प्रमुख कार्यक्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ। उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडमा अध्यक्षको रूपमा समेत कार्यरत थिए।

बैंकिङ क्षेत्र बाहेक आचार्यसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ। साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi