Skip to content

प्रभु बैंकले उपत्यकासहितका विभिन्न १४ शाखा मर्ज गर्ने

काठमाडौं । प्रभु बैंकले उपत्यकाका ९ सहित १४ वटा शाखा समायोजन गर्ने भएको छ ।

बैंकका अनुसार ललितपुरका २, काठमाडौंका ७, मोरङको १, कास्कीको ३ र चितवनको ३ वटा शाखा समायोजन गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले मोरङको गोल्छाचोकमा रहेको शाखा तिनपैनीमा मर्ज गर्ने भएको छ । यस्तै कास्कीको अर्घौचोकमा रशेको शाखा ताल चोक, हरिचोकमा रहेको शाखा बगर, नयाँगाऊँमा रहेको शाखा अमरसिंह चोकको शाखामा मर्ज गर्ने भएको छ ।

यस्तै चितवनको बेलचोकमा रहेको शाखा लायन्स चोककोे शाखामा मर्ज गर्ने भएको छ ।

बैंकले ललितपुरको पाटनमा रहेको शाखा मंगलबजार, सातदोबाटोमा रहेको शाखा सातदोबाटामा रहेको अर्को शाखामा मर्ज गर्ने भएको छ ।

बैंकले काठमाडौंको बौद्धमा रहेको शाखा बौद्धकै अर्को शाखा, बागदरबारमा रहेको शाखा खिचापोखरीमा, नरेफाँटमा रहेको शाखा कोटेश्वरमा, सिनामंगल एयरपोर्टमा रहेको शाखा सिनामंगलको अर्को शाखामा, मित्रपार्कमा रहेको शाखा चावहिलमा, टेकुमा रहेको शाखा कालिमाटीमा र पुतलीसडकमा रहेको शाखा कमलादीमा मजर्थ गर्ने भएको छ ।

यी शाखा २०८३ वैशाख १३ गतेदेखि एक आपसमा मर्ज भएर कारोबारमा आउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima