Skip to content

मितेरी डेभलपमेन्ट बैंकको नाफा १२०.२६ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मितेरी डेभलपमेन्ट बैंकले ५ करोड ७० लाख५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ करोड ५८ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६८.४३ प्रतिशतले बढेर १४ करोड ४६ लाख ३ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२०.२६ प्रतिशतले बढेर ८ करोड १४ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ६ करोड ७९ लाख ६ हजार रुपैयाँ छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ १६ पैसा छ।

पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.४५ प्रतिशत रहेको छ ।

१ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख २६ हजार रुपैयाँ छ । बैंकले ८ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ६ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life