Skip to content

सन नेपाल लाइफको नेशनल एजेन्सी मिट सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले होटल ग्रान्ड पोखरामा दुई दिने राष्ट्रिय अभिकर्ता सम्मेलन २०८२ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा उक्त कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा देशभरका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तर योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको छ।

साथै, अन्तर्राष्ट्रिय स्तरको उपलब्धि मानिने मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) २०२६ हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान प्रदान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता, कार्यकुशलता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको छ।

कार्यक्रमको दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिक्री प्रशिक्षक तथा नेतृत्व विकास प्रशिक्षक अनिल झा ले बिक्री सीप, नेतृत्व क्षमता, सोचमा रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरेका छन् ।

उनले प्रभावशाली प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई अझ उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको आयोजकले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T