काठमाडौं । खुट्टामा संक्रमणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन् ।
लामिछाने माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा देब्रे खुट्टामा लागेको चोट बढेर छाला भित्री संक्रमण भएकोले शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना भएका हुन् ।
उनको देब्रे खुट्टामा लागेको चोटको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उनी पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्