काठमाडौं । भारतको महाराष्ट्रस्थित बारामतीमा बुधबार बिहान चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ ।
पवार सवार रहेको विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।
आज बिहान विमान अवतरण गर्ने क्रममा बारामती विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त विमान मुम्बईबाट उडेको थियो ।
विमानमा पवारका साथै अन्य चार जना सवार रहेका बताइएको छ । दुईजना चालकदलका सदस्य र दुईजना अजित पवारका सहयोगी रहेको बीबीसी हिन्दीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्