Skip to content

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट पेस गरेका कांग्रेसका सदस्य सर्वोच्चमा डेलिगेशन जाँदै

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका नेपाली कांग्रेसका सदस्यहरूको प्रतिनिधिमण्डल भोलि बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिसकेको छ। उक्त रिटमा कारण देखाऊ आदेश जारी भइसकेको भए पनि लामो समय बितिसक्दा समेत अदालतबाट अन्तिम फैसला नआएकाले कांग्रेसका सांसदहरू प्रतिनिधिमण्डलसहित सर्वोच्च अदालत जाने तयारीमा रहेको विघटित प्रतिनिधि सभा संसद्का प्रमुख सचेतक श्यामकुमार घिमिरेले लगानी न्यूजसँग बताए ।

सर्वोच्चमा कांग्रेस एमालेलगायतका दर्जन बढी रिट संसद् पुनर्स्थापना माग गर्दै परेका छन् । तर, अहिलेसम्म पनि सर्वोच्च अदालतले उक्त रिटको पेसी नतोको उनले बताए । ‘सर्वोच्चले आलटाल गरिरहेको छ,’ घिमिरेले भने, ‘रिट परेपछि त्यसलाई टुङ्ग्याउनुपर्छ । जे हो न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ । पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुङ्ग्याउनुस् भन्दै भोलि ध्यानाकर्षण गराउन प्रधानन्यायाधीशको समय लिएका छौँ ।’

घिमिरेका अनुसार संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यता तथा जनताको प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा शीघ्र न्यायिक निरूपण हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा ध्यानाकर्षण गराउन प्रतिनिधिमण्डल जाने तयारी गरिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T