Skip to content

वायुसेवा निगम महाप्रबन्धक नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाइएको भन्दै चीरञ्जीवी उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त प्रक्रिया रोक्न निर्देशन दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग कारण देखाऊ आदेश समेत माग गरेको छ।

पर्यटन मन्त्रालयका सचिवको नेतृत्वमा बनेको छनोट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि गत ४ माघमा १० जनालाई सर्टलिस्ट गरेको थियो। ती उम्मेदवारसँग समितिले बुधबार र बिहीबार अन्तर्वार्ता तथा प्रस्तुतीकरण गरिसकेको छ। कार्यविधि अनुसार अब तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरिने व्यवस्था छ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूमा वरिष्ठ क्याप्टेन दिपु ज्वार्चन, ग्राहक सेवा विभाग प्रमुख टंकनिधि दाहाल, उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत रहेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima