काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।
बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् ।
चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।
गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।
यसैका लागि उनले अनलाइन लिंक सार्वजनिक गर्दै क्षेत्रबासीलाई आफ्ना योजना र मागहरू पठाउन आग्रह गरे ।
नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ुसाझा संकल्पपत्रु हुने चौधरीले उल्लेख गरेका छन् । २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्