Skip to content

निगमले बढायो इन्धनको मुल्य, हवाई इन्धनको घटायो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

यो सँगै काठमाडौंमा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १३९ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटरमा ७ अमेरिकी डलर घटेको छ । पोखरा र भैरहवामा ब्रेक इभन प्वाइन्टमा बिक्री मुल्य कायम राखेको निगमले जनाएको छ ।

त्यस्तै निगमले ग्यासमा प्रति सिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएपनि मुल्य यथावत राखेको निगमले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life