Skip to content

डियाजियो इन्डियाको ‘वर्ल्ड क्लास’ १२औँ वर्षमा प्रवेश, दक्षिण एसियाली बारटेन्डिङ इकोसिस्टम सुदृढ बन्दै

काठमाडौं । डियाजियो इन्डियाद्वारा सञ्चालन हुँदै आएको ‘वर्ल्ड क्लास’ कार्यक्रम १२औँ वर्षमा प्रवेश गरेको छ ।

बारटेन्डिङलाई एक गम्भीर, दिगो र सम्मानजनक पेशाका रूपमा स्थापित गर्ने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रम आज दक्षिण एसियाली बारटेन्डिङ इकोसिस्टम विकास गर्ने प्रभावशाली प्लेटफर्मका रूपमा स्थापित भएको छ।

सुरुआतमा प्रतिस्पर्धामुखी कार्यक्रमका रूपमा अघि बढेको वर्ल्ड क्लास पछिल्ला वर्षहरूमा करियर निर्माण, सीप अभिवृद्धि, मेन्टरसिप र अन्तर्राष्ट्रिय पहुँच प्रदान गर्ने दीर्घकालीन प्रतिभा विकास प्लेटफर्ममा रूपान्तरण भएको डियाजियो इन्डियाले जनाएको छ । तालिम, विश्वव्यापी नेटवर्क र उद्योगसँगको सहकार्यमार्फत यो कार्यक्रम एक संस्करणमा मात्र सीमित नरही निरन्तर प्रभाव सिर्जना गरिरहेको छ।

वर्ल्ड क्लास एक संरचित बहु–चरणीय प्रक्रियामा सञ्चालन हुन्छ । सयौँ आवेदनमध्ये उत्कृष्ट शीर्ष १०० बारटेन्डर छनोट भई भारत र दक्षिण एसियाका विभिन्न स्थानमा आयोजना हुने क्षेत्रीय फाइनलमा प्रतिस्पर्धा गर्छन् । त्यहाँबाट छनोट भएका शीर्ष १६ प्रतिस्पर्धी राष्ट्रिय फाइनलमा प्रवेश गर्छन्, जहाँ स्वादको समझ, प्रविधि, गति, कथा प्रस्तुतिकरण र अतिथि अनुभवको मूल्याङ्कन गरिन्छ ।

एक जना वर्ल्ड क्लास इन्डिया र दक्षिण एसिया च्याम्पियन घोषित हुन्छन् । जसले सेप्टेम्बरमा आयोजना हुने वर्ल्ड क्लास ग्लोबल फाइनलमा क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाउँछन् । वर्ल्ड क्लास २०२६ संस्करण दक्षिण एसियाली सन्दर्भमा ऐतिहासिक मानिएको छ । पहिलो पटक भारत, नेपाल र श्रीलङ्का एउटै दक्षिण एसियाली प्लेटफर्मअन्तर्गत समेटिएका छन् ।

यस वर्ष टियर–२ र टियर–३ शहरहरूबाट सहभागिता उल्लेख्य रूपमा बढेको छ । साथै, महिला बारटेन्डरहरूको सहभागिता पनि हालसम्मकै उच्च रहेको छ । जसले बारटेन्डिङ पेशा परम्परागत महानगरहरूभन्दा बाहिर पनि विस्तार भइरहेको संकेत गरेको आयोजकको भनाइ छ ।

शिक्षा वर्ल्ड क्लासको प्रमुख आधारस्तम्भ हो । कार्यशाला, स्वाद–आधारित मोड्युल तथा व्यवहारिक सत्रमार्फत बारटेन्डरहरूलाई प्रविधि, कार्यदक्षता र आतिथ्य सत्कारका आधारभूत सीपहरूमा तालिम दिइन्छ ।

अघिल्ला विजेता तथा एलुम्नीहरू मेन्टर, निर्णायक र प्रशिक्षकका रूपमा पुनः संलग्न भई नयाँ पुस्तासँग अनुभव साटासाट गर्छन् । यस अभ्यासले बारटेन्डिङलाई अल्पकालीन रोजगारीभन्दा अघि बढाएर दीर्घकालीन करियरका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ ।

वर्ल्ड क्लासले ककटेल फेस्टिभल, पप–अप कार्यक्रम र क्युरेटेड बार अनुभवमार्फत उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध पनि निर्माण गर्दै आएको छ । यस्ता कार्यक्रमहरूले पाहुनाहरूलाई आधुनिक दक्षिण एसियाली ककटेल संस्कृतिलाई आकार दिने स्वाद, विचार र प्रतिभासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्छन् ।

वर्ल्ड क्लास २०२६ अन्तर्गत क्षेत्रीय फाइनलहरू जनवरी २९ देखि फेब्रुअरी ११ सम्म विभिन्न शहरमा आयोजना हुनेछन्। काठमाडौंमा फेब्रुअरी ६ मा क्षेत्रीय फाइनल हुने तय भएको छ। राष्ट्रिय फाइनल मार्च २०२६ मा र ग्लोबल फाइनल सेप्टेम्बर २०२६ मा आयोजना हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life