Skip to content

पतञ्जलि जग्गा प्रकरणः माधव नेपालसहित भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

विशेष अदालतले आज साक्षी बुझ्ने आदेश दिएको हो । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश दिएको हो ।

काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका लागि दिइएको जग्गा घोटाला प्रकरणमा अख्तियारले माधव नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दायर गरेको थियो । यसअघि ११ असारमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । थुनछेकको निर्णय सुनाएसँगै यो मुद्दा अन्तिम फैसलाका लागि अघि बढिरहेको छ।

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life