Skip to content

निर्वाचन केन्द्रित तीन अध्यादेश राष्ट्रिय सभाबाट पारित

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत भएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले ती अध्यादेशहरू सर्वसम्मत रूपमा पारित गरेको हो। सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

गृहमन्त्री अर्यालद्वारा प्रस्तुत प्रस्तावमाथि सभामा कुनै विरोध नआएपछि ती सबै अध्यादेश सर्वसम्मत रूपमा स्वीकृत भएका हुन्। निर्वाचन प्रक्रियालाई सहज, व्यवस्थित र समयमै सम्पन्न गर्न यी अध्यादेश महत्वपूर्ण रहेको सरकारको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T