Skip to content

स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले फागुन १ गतेदेखि बिमा सेवा सुविधा घटाउने निर्णय गरेको छ। बोर्डले व्ययभार कम गराउने भन्दै बहिरंग (ओपीडी) सेवा एक वर्षमा २५ हजार बराबरको मात्र दिने निर्णय गरेको हो। यो निर्णयसँगै अब स्वास्थ्य बिमा गरेका एक परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी शुल्क पाउनेछन्।

गत २४ पुसमा बसेको बोर्ड बैठकले गरेको निर्णयबारे सोमबार सूचना जारी गरेर जानकारी दिएको हो। सूचनामा अब बीमितले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा अधिकतम २५ हजारको मात्र उपचार सुविधा पाउने उल्लेख गरिएको छ।त्यसपछिको सुविधा भने अस्पताल भर्ना ल्याब परीक्षण र आकस्मिक उपचारको रहने बोर्डले जनाएको छ। उपचारमा सबैभन्दा धेरै खर्च ओपीडीमा हुने गरेकाले घटाउने निर्णय गरेको बोर्डले जनाएको छ।

बिमा बोर्डले सात जनाको परिवारबाट तीन हजार पाँच सय रुपैया लिएर एक लाख बराबरको स्वास्थ्य सेवा दिँदै आएको थियो। अस्पतालहरूलाई भुक्तानी रकम बढी भएको भन्दै बोर्डले सेवा सुविधा घटाउने निर्णय गरेको जनाएको छ। बोर्डले अस्पतालहरुलाई ११ करोड रकम भुक्तानी गर्न बाँकी छ। यसैगरी, आठ प्रकारका कडा तथा दिर्घरोगको उपचार भने हाल व्यवस्था भए बमोजिम नै हुने बोर्डले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima