Skip to content

६ महिनामा ३९.१ प्रतिशतले बढ्यो रेमिट्यान्स, साढे १० खर्ब नाघ्यो

nabil bank

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ पुससम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु. १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले मात्र वृद्धि भएको थियो।

पुस महिनामा मात्र रेमिट्यान्स आप्रवाह रु. १९२ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु. १२२ अर्ब ४४ करोड रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि दर २.७ प्रतिशत मात्रै रहेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि वृद्धि भई रु. ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो।

वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्यामा भने मिश्रित अवस्था देखिएको छ। समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत (नयाँ) तर्फबाट २ लाख ६ हजार ८०७ जना ले अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख ९४ हजार ७३३ जना ले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi