Skip to content

सेयर धितो कर्जा ८.३० प्रतिशतले बढेर डेढ खर्ब बढी, ठूला लगानीकर्ताले लिए धेरै

काठमाडौं । सेयरलाई धितो राखेर लिने कर्जा (मार्जिन नेचर लोन) उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सेयर धितोमा प्रवाह भएको कर्जा ६ महिनामा ८.३० प्रतिशतले वृद्धि भएर १ खर्ब ५२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

गत आवको अन्यसम्म यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ लगानी भएको थियो । चालु आवको ६ महिनामा सेयर धितो कर्जा ११ अर्ब ७० करोड रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सेयर धितो कर्जामध्ये ठूला लगानीकर्ताले सबैभन्दा धेरै कर्जा लिएका छन् । विशेषगरी १० करोड रुपैयाँभन्दा माथिको कर्जा लिने समूहको हिस्सा सबैभन्दा ठूलो रहेको छ । यस समूहले लिएको सेयर धितो कर्जा १ खर्ब ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ  । यस्तो क्षेत्रमा जाने कर्जा ६ महिनामा ७.३० प्रतशितले बढेको छ ।

यसैगरी, ५ करोडदेखि १० करोड रुपैयाँसम्म कर्जा १ खर्ब ८ अर्ब रुपैयाँ लगानी भएको छ । यसैगरी, २ करोड ५० लाख रुपैयाँसम्म कर्जा लगानी १ खर्ब ९३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा २ करोड ५० लाख भन्दा कम कर्जा लगानी ८८ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life