Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २० करोड बढी, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६ पैसा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० करोड १८ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २.९२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १४.६३ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड २ लाख १७ हजार रुपैयाा पुगेको छ । यस्तै कुल आम्दानी १०.०३ प्रतिशतले बढेर ७ अर्ब ७० करोड २१ लाख ७२ हजार पुगेको छ ।
पुस मसान्तसम्म इन्स्योरेन्सले दाबी भुक्तानी ११.३४ प्रतिशतले बढाएर ६ अर्ब २७ करोड ८२ लाख २७ हजार पुगेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २३ पैसाले बढेर ८ रुपैयाँ ६ पैसा रहेको छ भने नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा । ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा ४४ करोड २ लाख १० हजार रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४५ करोड २९ लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life