Skip to content

नागरिकता, लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्धः विनोद चौधरी

nabil bank

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नवलपरासी–१ का प्रतिनिधि सभा उम्मेदवार विनोद चौधरीले नागरिकता र लालपुर्जाविहीन समस्याको समाधान आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

बर्दघाट नगरपालिका–६ मा आयोजित निर्वाचन प्रचार–प्रसार समितिको उद्घाटन कार्यक्रममा चौधरीले भूमि र पहिचानसँग जोडिएका स्थानीय समस्याहरू समाधान गर्ने क्रम सुरु भइसकेको उल्लेख गरे।

“रुख जस्तै अडिक कांग्रेस बदलिएको परिस्थितिमा विकासको स्पष्ट मार्गचित्र दिन सक्षम छ,” उनले भने, “देशभर कांग्रेसले १०३ भन्दा बढी नयाँ उम्मेद्वार उठाएर पुस्तान्तरणको सन्देश दिएको छ। यस क्षेत्रमा पनि नागरिकता सम्बन्धी समस्या अन्त्य गरिएझैं अन्य समस्या समाधान गर्न म कटिबद्ध छु। कसैप्रति अन्याय हुँदैन, यो मेरो बाचा हो।”
उनले सांसदका रूपमा समाजका जटिल समस्याहरूलाई संस्थागत र प्रभावकारी ढंगले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बर्दघाट–६ का वडा अध्यक्ष रोहित थारुले लालपुर्जा लगायतका समस्याहरू सम्बन्धित निकायसँग समन्वय गरी समाधानतर्फ पहल भइरहेको जानकारी दिए।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आचार्यले कांग्रेसको रुपान्तरणमा विनोद चौधरीको महत्वपूर्ण भूमिका
रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा उनलाई जिताउने जिम्मेवारी कार्यकर्ताहरूको भएको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi