Skip to content

सहकारीबाट बचतकर्तापछि ठगिए घरधनी, महाबौद्धसहित ८ संस्था ७ दिन भित्र उपस्थित नभए सामान जफत हुने

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएका सहकारीबाट बचतकर्ता मात्रै नभएर घरधनी समेत ठगिन थालेका छन् ।

सहकारी भाडामा बसेको र समयमा नै भाडा नतिरेको भन्दै महानगरमा उजुरीको चाङ रहेको छ । महानगरले सूचना जारी गर्दै ८ वटा सहकारीलाई घरकोठा खाली गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका, न्यायिक समितिबाट घरकोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ संस्थाले बहालमा लिएका घर कोठा खाली गर्ने सम्बन्धी माघ १५ गते ८ वटा सहकारीका निर्णय भएको छ ।

माघ १छ गते निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार ८ वटा सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति) कर्मचारी तथा संस्थाका सदस्यहरूले ७ दिन भित्रमा काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न भनिएको छ ।

तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाइएको छ । ‘उक्त घरकोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद्द घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सर सामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ’ जारी सूचनामा भनिएको छ ।

समितिको निर्णय अनुसार महानगरले आशा बचत तथा ऋण सहकारी संस्था, नव सवल सहकारी र सन्दुप सहकारी, युनिफाईड बचत तथा ऋण सहकारी, महाबौद्ध बचत तथा ऋण सहकारी, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life